खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी « Khabarhub

खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ । सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

त्यसैले खाना खाएपछि निम्न पाँच काम नगर्नुस्

खाना खाने वित्तिकै नसुत्नुस्

तपाईंको खाना खाने वित्तिकै सुत्ने बानी छ भने आजै बाट त्यो बानी त्याग्नुहोस् । किनकी त्यस्तो बानि तपाईंको स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । खाना खाए लगत्तै सुत्दा तपाईंले खाएको खाना राम्रोसँग पच्न सक्दैन । यसले गर्दा मोटाउने, तथा ग्यास्ट्रिकको समस्या हुन जान्छ । पेट लाग्ने समस्या पनि बढ्छ ।

धुम्रपान नगर्नुहोस्

हुन त धुम्रपान गर्नु नै स्वास्थ्यका लागि हानिकारक छ । जुनसुकै समयमा पनि धुम्रपान गर्नु स्वास्थ्यका लागि राम्रो होइन । तर खाना खाने वित्तिकै धुम्रपान गर्दा ज्यानै जान सक्ने सम्मको खतरा हुन्छ । साथै यसले गर्दा क्यानसरको सम्भावना धेरै गुणा बढ्न सक्छ ।

फलफुल नखानुहोस्

खाना पछि फलफुल खानुपनि स्वास्थ्यका लागि हानिकारण मानिन्छ । यस्तो गर्दा पेट ढूस्स हुनेलगायत ग्यास्ट्रिक को समस्या हुन सक्छ ।

चिया वा कफि नपिउनुहोस्

कतिपय मानिसहरु खाना लगत्तै चिया वा कफी पिउने गर्छन् । यो एकदमै नराम्रो बानी हो । यस्ता बानी भूलेर पनि नदाहोर्‍याउनुस् । यो पनि स्वास्थ्यका दृष्टिले घातक भएको चिकित्सकहरुले बताएका छन् ।

नुहाउनु हुँदैन

हतार छ भन्दैमा खाना लगत्तै ननुहाउनुस् । बरु खाना खानुभन्दा पहिले नै नुहाएर खाना खाँदा राम्रो । खाना लगत्तै नुहाउँदा पेटको चारैतर्फ रक्तसंचार बढि हुन जान्छ र पाचन प्रक्रिया सुस्त हुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : २९ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको