मजदुरको दुखेसो– काम नगरे घरमा चुलो बल्दैन, दिवस मनाएर के खानु ! « Khabarhub

मजदुरको दुखेसो– काम नगरे घरमा चुलो बल्दैन, दिवस मनाएर के खानु !



काठमाडौं– काभ्रेकी माइली तामाङ विगत १२ वर्षदेखि भारी बोकेरै जीविकोपार्जन गर्र्दै आएकी छिन् । हरेक वर्ष आइरहने मजदुर दिवसले उनको जीवनमा केही प्रभाव परेको छैन ।

२५ वर्ष अघि उनी काभ्रेको दोलालघाटबाट काठमाडौं आइन् । सुरुमा सानो–तिनो व्यापार पनि गरिन् । तर व्यापार गर्दा घाटा खानु परेको हुँदा मजदुर गर्नतिर लागेको उनी बताउँछिन् ।

‘जतिन्जेल सकिन्छ, त्यतिन्जेल गर्छु, यसमा नाफा घाटाको कुरा हुँदैन सकेको भारी बोक्ने हो’ माइलीले भनिन् । १२ वर्षअघि भारी बोक्दा उनी दैनिक ५ सय रुपैयाँ कमाउथिन् । हालसम्म आइपुग्दा दैनिक ९ सय रुपैयाँ ज्यालामा काम गरिरहेको बताउँछिन् उनी ।

काम गर्नै व्यस्त हुने श्रमिकलाई मजदुर दिवसले केही प्रभाव नपारेको श्रमिकहरु बताउँछन् ।

‘काम नगरी खाना पाइँदैन’ मजदुर दिवस भएर के गर्नु’ उनी भन्छिन् । उनका २ छोरा छन् । जेठो छोरो १० कक्षामा र कान्छो ८ मा पढ्ने बताउँदै माइली भन्छिन्, ‘दुई छोरालाई पढाउन र बिहान बेलुका दुई छाक खाना बिहान ७ बजेदेखि साझ ६ बजेसम्म भारी बोक्छु ।’

लामो समयदेखि काम गरिरहेकाले धेरै ठेकेदारलाई चिनेकी छिन् उनले । त्यसैले कामको अभाव नहुने उनी बताउँछिन् ।

बुधवार मजदुर दिवसका दिन मजदुरहरु के गर्दै छन् त भन्दै स्थलगत रिपोर्टिङ गर्ने क्रममा धेरै मजदुरहरु परिश्रम गरिरहेको अवस्थामा देखियो । अझ धेरैलाई आज मजदुर दिवस हो भन्ने नै थाहा नभएको पनि पाइयो ।

वैशाखको चर्को घाम । पसिना निकाल्दै उनीहरु काम गरिरहेका थिए । डोकोमा ढुंगा र माटोको भारी बोकिरहेका थिए उनीहरु । पुरुषहरुसँगै महिला पनि देखिन्थे ।

डोकोमा लगाइएको नाम्लोले थाप्लो दुख्छ भनेर टाउकोमा पछ्यौराले फेटा बाधेकी थिइन् निजगढकी अस्मिता लम्सालले । विगत १० वर्षदेखि उनी ज्यालामजदुरी गरी जीवन धानिरहेकी छिन् ।

३५ वर्षीया अस्मिता बिहानदेखि बेलुकासम्म भारी बोक्नै व्यस्त हुन्छिन् । उनका श्रीमान् अजय पनि उनीसँगै भारी बोक्ने काम गर्छन् । अजय सधैभरी भारी मात्र बोक्दैन्न् । पल्म्बरको काम पनि गर्छन् । पल्म्बरको काम ठेक्कामा हुने हुँदा कहिले काम पाइन्छ थाहै नपाउने बताउँदै उनी भन्छन्, ‘उता काम नहुँदा यता भारी बोक्न आउँछु’ ।

आम्दानीका हिसाबले भन्नुपर्दा पल्म्बरतिर राम्रो हुन्छ, ‘दैनिक जसो २ हजार पाँच सयसम्म कमाउँछु’ अजयले भने । उनी भारी बोकेरै पनि दैनिक हजार रुपैयाँ कमाउने गरेको सुनाउछन् ।

सँगसँगै काम गर्दा पनि अस्मिता भने दैनिक ९ सय थाप्छिन् । उनका ३ छोरा र २ छोरी छन् । ‘छोराछोरीको सबैको बिहे भइसक्यो अब कान्छी छोरी मात्र साथमा छे उसलाई पढाइरहेका छौँ’ खुसी हुुदैँ उनीहरु भन्छन् । मजदुरी गरेरै पनि परिवारलाई राम्रै हेरचाह गरेकोमा गर्व गर्छन् ।
भनाइ नै छ नि, ‘नगरी काम पुग्दैन खाना, साँझ र बिहान’ । हो, त्यही बिहान बेलुका छाक टार्नकै लागि उनीहरु पसिना चुहाउँदै भारी बाकिरहेका छन् ।

‘बच्चैदेखि काम गरिन्थ्यो, भारी बोकिन्थ्यो, काठमाडौँ आएर नि यस्तै भारी बोकिरहेका छौँ तर मजदुर दिवसको दिन बिदा बस्दैनौँ’ अस्मिताले भनिन् ।

‘मजदुर दिवसका कसले मनाउने हो खास हामी मजदुर गर्नेलाई सधै काम नै प्यारो हुन्छ’ अजय भन्छन् ।

त्यस्तै ‘मजदुरी नगरेसम्म चुलोमा आगो बल्दैन’ भन्छिन् बौद्धकी फुलमाया तामाङ । ‘आज मजदुर दिवस हो भन्ने थाहै थिएन’ ठट्यौलो पारामा उनले भनिन् ।

‘छोरीको विदा रहेछ, बिहानै छोरीले आज मजदुर दिवस हो आमा काम गर्न नजानुस् भनिन् अनि पो थाहा भयो’ फुलमायाले सुनाइन्् । ‘श्रमिक दिवसको दिन विदा बस्यो भने ज्याला आउँदैन त्यसैले पनि काम गर्न आएको उनले भनिन् । फुलमायाले भारी मात्र होइन जस्तोसुकै काम गर्न पनि उनी पछि हट्दिनन् ।

मजदुर दिवसका दिन भने उनलाई बन्दै गरेको सडकमा बालुवा र गिटी बोकिरहेको अवस्थामा देखिन्थ्यो । ‘हामी काम गर्ने श्रमिकलाई काम नै प्यारो छ, कुन दिन के आउँछ केही थाहा हुदैँन’ फुलमायाले सुनाइन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ३२ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले