धनुषामा तस्करको समूहले लुट्यो प्रहरीको पेस्तोल र गोली « Khabarhub

धनुषामा तस्करको समूहले लुट्यो प्रहरीको पेस्तोल र गोली


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपालसँग सीमाना जोडिएको भारतीय राज्य बिहारमा प्रतिबन्धित रक्सी तस्करी गर्ने तस्करहरुको समूहले नेपाल प्रहरीको पेस्तोल र गोली लटेर लगेको छ ।

धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा सुरक्षाका लागि खटिएको प्रहरी टोलीका कमाण्डरको पेस्तोल र त्यसमा लाग्ने गोली तस्करको समूहले लुटेर लगेको हो ।

तस्कहरुले गस्तीमा खटिएको प्रहरी टोलीका कमाण्डर प्रहरी सहायक निरीक्षक (सई) प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र गोली लोड गरिएको म्यागेजिन लुटेर लगेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जानकारी दिएको छ ।

सीमावर्ती क्षेत्रमार्फत नेपालबाट भारततर्फ रक्सी तस्करी हुन थालेपछि प्रहरी टोलीले सुरक्षाका लागि गस्तीमा खटिएको थियो ।

तस्करहरुले तस्करी नियन्त्रणका लागि खटिएको प्रहरी टोलीका कमाण्डरकै पेस्तोल लुटेर लगेको हो ।

प्रहरीले तस्करको समूहको खोजी जारी रहेको जनाएको छ । करिब १५ जनाको संख्यामा रहेका तस्करहरु पेस्तोल लुटेपछि भारततर्फ भागेका जनाइएको छ ।

उनीहरुलाई पक्राउ गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले बिहार प्रहरीसँग समन्वयको प्रयास गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ४८ बजे

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका