मादुरोविरुद्ध सडकमा ओर्लिएका प्रदर्शनकारीमाथि कुद्‍यो बख्तरबन्द गाडी « Khabarhub

मादुरोविरुद्ध सडकमा ओर्लिएका प्रदर्शनकारीमाथि कुद्‍यो बख्तरबन्द गाडी


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलामा निकोलस मादुरोको सरकारविरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीलाई सेनाको बख्तरबन्द गाडीले किचेको भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

विपक्षी नेता हुआँ गुआइदोको आह्वानमा मंगलबार राजधानी कराकासमा रहेको सैनिक शिविर अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई मादुरोप्रति वफादार फौजको बख्तरबन्द गाडीले किचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सैनिक शिविर अगाडि प्रदर्शन गरिरहेका केही दर्जन प्रदर्शनकारीको भीडमा एक्कासी बख्तरबन्द गाडी जोताइएको थियो । त्यसपछि प्रदर्शनकारीमध्ये केहीले उक्त बख्तरबन्द गाडीमा मोलोतोभ कक्टेल (पेट्रोल बम) प्रहार गरेका थिए । मोलोतोभ कक्टेल लागेपछि बख्तरबन्द गाडीको माथिल्लो भागमा आगो लागेको थियो ।

उक्त घटनामा भएको हताहतीबारे भने केही खुलाइएको छैन ।

विपक्षी नेता हुआँ गुआइदोको आह्वानमा मंगलबार सैनिक विद्रोहसँगै जनप्रदर्शन भएको थियो । गुआइदोले बुधबारका लागि पनि व्यापक जनप्रदर्शनको आह्वान गरेका छन् ।

राष्ट्रपति मादुरोले भने गुआइदोको आह्वानमा भएको सैनिक विद्रोहलाई कूको संज्ञा दिँदै त्यस कू विफल भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ३४ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला