जेलबाट छुटेको एक महिना नबित्दै राई पुन: चोरीमै संलग्न, ६ लाखसहित पक्राउ « Khabarhub

जेलबाट छुटेको एक महिना नबित्दै राई पुन: चोरीमै संलग्न, ६ लाखसहित पक्राउ


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको अनामनगरस्थित एक कार्यालयबाट ६ लाख चोरी गरी भाग्दै गरेका धरानका कृतन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राइले आज दिउँसो अनमानगरस्थित सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयको ढोका फुटाली सेफ भित्र राखिएको नगद रु ६ लाख चोरी गरेका थिए । सो कार्यालयमा चोरी गरी झ्यालबाट हाम फालेर भाग्दै गरेको अवस्थमा स्थानीयको सहयोगमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय वृत्त सिंहदरबारबाट खटिएको टोलीले राईलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।  पक्राउ परेका राई यस भन्दा पहिला पनि पटक पटक चोरीको सामान सहित पक्राउ परेका थिए ।

यसअघि उनले चोरीको ल्यापटप सहित पक्राउ पर्दा चोरी मुद्धामा २ वर्ष कैद भुक्तान गरि छुटेका थिए । जेलबाट छुटेको एक महिना मै उनी पुनः चोरी कार्यमा संलग्न भइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ४ : २७ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत