सरकार मजदूरको पक्षमा छ : नेता पाण्डे « Khabarhub

सरकार मजदूरको पक्षमा छ : नेता पाण्डे


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

१३०औँ मे दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), पेशागत महासङ्घ नेपाल(कोनेफ) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले संयुक्त रुपमा आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले मजदूरको नेतृत्व गर्ने कम्युनिष्ट सरकार मजदूरका हकअधिकारका विषयमा प्रतिबद्ध रहेको बताए ।

“मजदूरको पक्षमा कानून बनाउने र मजदूरलाई आवश्यक सेवा सुविधा नदिनेलाई कारवाही सरकारले गर्नुपर्छ”,उनले भने “आफ्नो हक र अधिकारका लागि हिजोको जस्तो आन्दोलन गर्नुपर्ने दिन आउनु हुँदैन् ।” मजदूरको हकअधिकारको सुनिश्चितता पश्चात मात्र समाजवादको यात्रा तय हुने भएकाले प्राप्त उपलब्धिको संरक्षण गर्दै विभिन्न क्रान्तिले देखाएको बाटोमा अघि बढे अभियान सार्थक हुने उनले बताए ।

नेता पाण्डेले भने, “श्रमिकको योगदानका कारण कम्युनिष्टको आन्दोलन सफल भएको हो, रगतसँग साइनो गाँसेर प्राप्त गरेको अधिकारको सम्झनामा मे दिवस मनाउन थालिएको हो ।” नेपालमा पुरानो खालको संरचनाका कारण कम्युनिष्टले एकपक्षीय शासन गर्न तत्काल सम्भव नरहेको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले दुई कम्युनिष्ट पार्टी एकीकरणको अधिकांश काम सकिएकाले जिम्मेवारी पाएका नेता कार्यकर्ताले सरकारको राम्रा कामको प्रचार र गतल कामबारे सचेत गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : १६ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो