क्याम्पसमा गोली चल्दा अमेरिकामा २ जनाको मृत्यु « Khabarhub

क्याम्पसमा गोली चल्दा अमेरिकामा २ जनाको मृत्यु


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी २ जनाको ज्यान गएको  छ ।

गोली प्रहारबाट अरु केही घाइते भएका बताइएको छ । मंगलबार सो गोलीकाण्ड भएको थियो । मंगलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो ।

मंगलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको बताइएको छ ।
विद्यार्थीहरु विदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो । त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो ।

स्थानीय इमर्जेन्सी सेवाले दुई जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ ।

च्यार्लाेटको प्रहरी सेवाले आक्रमणकारीको पहिचान गरेको छ । सो विभागकाअनुसार गोली हान्ने व्यक्ति सो क्याम्पसको एकजना २२ वर्षीय विद्यार्थी रहेका बताइएको छ ।
उनको नाम त्रिस्तान एन्ड्रयु हुन् । आक्रमणकारीलाई प्रहरी थुनामा राखिएको छ । तर घटनाको बारेमा ती व्यक्तिले स्वीकार नगरेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ०६ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा