ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याइने : मन्त्री पोखरेल « Khabarhub

ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याइने : मन्त्री पोखरेल


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले ज्येष्ठ नागरीक भत्ता यस आर्थिक वर्षबाट ५ हजार पुर्याउने सरकारको तयारी रहेको बताएका छन् ।

बर्दिवासमा मेडिकल कलेजको पूर्वाधार तयारी तथा कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्न सरकार तदारुकताका साथ लागि परेको बताए ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश नं. २ को बर्दिवास र राजविराजमा मेडिकल कलेज खोल्ने कार्यक्रम रहेकोले दुवै मध्ये कुन स्थानले पहिले कलेज खोल्ने हो सो को प्रतिस्पर्धा गर्न र आफ्नो ठाउमा सवैभन्दा पहिले खोलेर देखाउन बर्दिवासवासीलाई शुभकामना समेत दिए ।

उनले विभिन्न समयमा बेचिएका उद्योग कलकारखानाहरु फिर्ता ल्याउने तैयारीका साथ गृहकार्य भइरहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारले यस पटकको कृषी र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए । देशमा तीन तहको सरकार भएकोले कसैले अरुको मुख ताक्नु पर्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।

त्यसैगरी कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं.२ को विकासका लागि साझा प्रयासको थालनी गर्नुपर्नेमा जोड दिए । उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन थालिएको भर्ना अभियानमा सहभागी भई प्रदेश र देशलाई शिक्षित र साक्षर बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्न आग्रह समेत गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : ०१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस