सडकमा ढलेका २ जनालाई ट्रकले किच्यो « Khabarhub

सडकमा ढलेका २ जनालाई ट्रकले किच्यो


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- पृथ्वीराजमार्गस्थित गल्छी गाउँपालिका–४ बेल्खुमा आज(बुधबार) मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि आएको अर्को सवारी साधनले मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिँदाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौंबाट नवलपरासीतर्फ आउँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका–५ का २९ वर्षीय राज महर्जन र सोही नगरपालिका वडा नं १२ का ३० वर्षीय कविकुमार महर्जन सडकमा लडे ।

सोही बेला ना ६ ख ५६१४ नम्बरको ट्रक ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

घटनापछि माइक्रो बस चालक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ भने राजमार्ग कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ९ : ३३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी