नगर प्रमुख पोखरेलको पारिश्रमिक मजदूरलाई « Khabarhub

नगर प्रमुख पोखरेलको पारिश्रमिक मजदूरलाई


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकावाट आफूले पाउने सम्पूर्ण पारिश्रमिक नगरका मजदूरलाई हस्तान्तरण गरेका छन्।

नगर प्रमुख पोखरेलले अघिल्लो वर्षको आफ्नो पारिश्रमिक तीन लाख २५ हजारको चेक हस्तान्तरण गरेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा झापाको कनकाई नगरमा आयोजित मजदूर सम्मानसहितको विशेष कार्यक्रममा कनकाई नगर क्षेत्रका मजदूरको हितका लागि स्थापना भएको मजदूर हितकोषमा रकम जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको हो ।

सांसद एलपी साँवा लिम्बूमार्फत नगर प्रमुख पोखरेलले हस्तान्तरण गरेको चेक स्थानीय अगुवा मजदूर मानबहादुर पौडेल, सचिन लामा, मनकुमार न्यौपाने र टंक गुरागाईंले बुझेका छन् । कनकाई नगरपालिकाको संरक्षणमा रहने गरी स्थापना भएको मजदूर हितकोषमा आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाको तर्फबाट १० लाख जम्मा गरिएको थियो भने आव २०७५÷७६ को बजेटबाट पाँच लाख विनियोजन गरिएको नगर पोखरेलले बताए । मजदूर हितकोषमा हालसम्ममा २० लाख बढी जम्मा भइसकेको बताइएको छ ।

कोषमा सदस्य हुन चाहने मजदूरले ५ सय तिरेर सदस्य बन्न सक्ने प्रावधान भए अनुरुप हाल ४ सय बढी स्थानीय मजदूर सदस्यका रुपमा रहेको नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदूर युनियन कनकाईका अध्यक्ष मनकुमार न्यौपाने (केशर) ले जानकारी दिए । कोषको सदस्य भएका मजदूरका लागि १० लाखसम्मको दुर्घटना बीमा हुने छ भने अवस्था हेरेर अङ्गभङ्ग भएकोमा तीन लाखसम्मको उपचार हुन सक्ने व्यवस्था भएको बताइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ९ : ५३ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा