नगर प्रमुख पोखरेलको पारिश्रमिक मजदूरलाई « Khabarhub

नगर प्रमुख पोखरेलको पारिश्रमिक मजदूरलाई


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकावाट आफूले पाउने सम्पूर्ण पारिश्रमिक नगरका मजदूरलाई हस्तान्तरण गरेका छन्।

नगर प्रमुख पोखरेलले अघिल्लो वर्षको आफ्नो पारिश्रमिक तीन लाख २५ हजारको चेक हस्तान्तरण गरेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा झापाको कनकाई नगरमा आयोजित मजदूर सम्मानसहितको विशेष कार्यक्रममा कनकाई नगर क्षेत्रका मजदूरको हितका लागि स्थापना भएको मजदूर हितकोषमा रकम जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको हो ।

सांसद एलपी साँवा लिम्बूमार्फत नगर प्रमुख पोखरेलले हस्तान्तरण गरेको चेक स्थानीय अगुवा मजदूर मानबहादुर पौडेल, सचिन लामा, मनकुमार न्यौपाने र टंक गुरागाईंले बुझेका छन् । कनकाई नगरपालिकाको संरक्षणमा रहने गरी स्थापना भएको मजदूर हितकोषमा आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाको तर्फबाट १० लाख जम्मा गरिएको थियो भने आव २०७५÷७६ को बजेटबाट पाँच लाख विनियोजन गरिएको नगर पोखरेलले बताए । मजदूर हितकोषमा हालसम्ममा २० लाख बढी जम्मा भइसकेको बताइएको छ ।

कोषमा सदस्य हुन चाहने मजदूरले ५ सय तिरेर सदस्य बन्न सक्ने प्रावधान भए अनुरुप हाल ४ सय बढी स्थानीय मजदूर सदस्यका रुपमा रहेको नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदूर युनियन कनकाईका अध्यक्ष मनकुमार न्यौपाने (केशर) ले जानकारी दिए । कोषको सदस्य भएका मजदूरका लागि १० लाखसम्मको दुर्घटना बीमा हुने छ भने अवस्था हेरेर अङ्गभङ्ग भएकोमा तीन लाखसम्मको उपचार हुन सक्ने व्यवस्था भएको बताइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ९ : ५३ बजे

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा