अमेरिकाको भर्जिनियामा अन्धाधुन्द गोली प्रहार, ११ को मृत्यु « Khabarhub

अमेरिकाको भर्जिनियामा अन्धाधुन्द गोली प्रहार, ११ को मृत्यु


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार अमेरिकाको भर्जिनिया राज्यस्थित एक सरकारी भवनमा यस्तो घटना भएको हो ।

एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार भएको बताएपनि घटना कसले घटाएको भन्नेबारे यकिन पुष्टि नभएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीले कसले गोली चलाएको भन्ने सार्वजनिक नगरेपछि बन्दुकधारीको मृत्यु भएको जनाएको छ ।

यो घटना स्थानीय समय अनुसार शुक्रबार साँझ भएको हो ।

यो घटनाले स्थानीयबासी त्रसित भएको भर्जिनियाका गवर्नर राल्फ नाँर्थमले बताए । घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार प्रति उनले समवेदना प्रकट गरेका छन् । उनले चाँडै घटनास्थल पुगेर घटनाको बारेमा जानकारी दिने बताएका थिए ।

अमेरिकी सञ्चारमाध्यमले घटनास्थलमा एफबीआई पुगेको र घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रशासनलाई सघाइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ६ : ४५ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ