‘गलबन्दी’ गीतकी लजालु मोडलको ‘हट’ अवतार ( २५ फोटो ) « Khabarhub

‘गलबन्दी’ गीतकी लजालु मोडलको ‘हट’ अवतार ( २५ फोटो )


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करीब १५ मिनेट लामो एउटा गीतको भीडियोले नेपाली गीत संगीत क्षेत्रमा निकै चर्चा पायो । गायक प्रकाश सुपुत र शान्तिश्री परियारले गाएको यो गीत नसुन्ने र नहेर्ने सायदै नेपाली संगीत प्रेमी र नेपाली स्रोता दर्शक होलान् ।

मौलिक नेपाली र गाउँले पारामा बनाएको भीडियोका कारण पनि यसले भ्यूज पाइरहेको छ भने यसको शव्दले पनि मानिसलाई तानेको छ ।

‘गलबन्दी च्यातियो तिमीले तानेर,बोलाउन खोजेको आफ्नै ठानेर ’ बोलको यो गीतमा गीतसहित भिडियो पनि हिट भएको छ र गीतमा अभिनय गरेकी मोडलको पनि चर्चा चुलिएको छ ।

यसअघि पनि धेरै भिडियोमा अभिनय गरिसकेकी मोडलको यो गीतमा भने चर्चा अझै भइरहेको छ । लजालु स्वभावमा भिडियोमा देखिएकी उनी हुन् मोडल अन्जली अधिकारी । यो गीतमा उनको लजालुपन र अभिनयको निकै तारिफ गरिएको छ ।

बर्दियाकी अञ्जलीलाई नृत्य क्षेत्रमा ल्याउने श्रेय गीतकार बद्री पंगेनीलाई जान्छ । एसएलसी सकिएपछि काठमाडौं आएकी उनलाई पंग्गेनीले एउटा दोहोरी साँझमा नृत्यागनाको काम दिएका थिए ।

त्यसैबेला देखि व्यवसायीक कलाकारिता र मोडलिङ गरिरहेकी अधिकारीले सयभन्दा धेरै भीडियोमा अभिनय गरिसकेकी छिन् । उनको चर्चा यसअघि प्रकाश सपुतले सार्वजनिक गरेको बोल माया गीतको भीडियोले दिलाएको थियो ।

त्यसपछि अहिले सार्वजनिक भएको गीतले अधिकारीलाई अभिनयको क्षेत्रमा थप उचाइमा लगेको छ । उनको अभिनय र लजालुपनलाई धेरैले मन पराएका छन् । उनै लजालु अधिकारीका केही हट फोटो हामीले यहाँ प्रस्तुत गरेका छौं –

तस्वीरहरु अन्जली अधिकारीको फेसबुकबाट लिइएको हो ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ३ : ३४ बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु