आठ महीनामै १३ करोड राजश्व संकलन « Khabarhub

आठ महीनामै १३ करोड राजश्व संकलन


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–  दश महीनाअघि छोटी भन्सारबाट स्तरोन्नति भएको झापाको भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महीनामा रु १३ करोड २१ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

सरकारले गत साउन १ गतेदेखि छुट्टै भन्सार कार्यालयको मान्यता दिएपछि भद्रपुर भन्सार कार्यालयले असोज महीनादेखि मात्र सङ्कलित राजश्व आफैँ केन्द्रमा पठाउन थालेको हो । त्यसअघि मेची भन्सार कार्यालयमा राजश्व पठाउनुपथ्र्यो ।

भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार भद्रपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को असोज महीनामा रु दुई करोड ६६ लाख ५६ हजार १८१, कात्तिकमा रु दुई करोड ६६ लाख ५६ हजार, मङ्सिरमा रु एक करोड ७६ लाख ९९ हजार, पुसमा रु एक करोड ४२ लाख ६६ हजार, माघमा रु एक करोड २८ लाख पाँच हजार, फागुनमा रु एक करोड ३० लाख ४१ हजार, चैतमा रु एक करोड ५३ लाख ८६ हजार र वैशाखमा रु एक करोड ४८ लाख ७५ हजार राजश्व सङ्कलन गरी राजश्व विभागमा पठाएको छ ।

उहाँले मेची नदीमा पक्की पुल बने पनि भारतीय सरकारले पुलको पूर्वी मुख जोड्ने ४०० मिटर सडक नबनाउँदा सामानको आयात र निर्यात दुवै कार्यमा असर परेको छ । यसबाट राजश्व सङ्कलनमा समेत कमी आएको भन्सार अधिकृत खतिवडाले बताए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : ३८ बजे

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा

जात्रामय बन्यो टोखा

काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय

आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत २४ औँ

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

काठमाडौं – सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले