टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण, छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण « Khabarhub

टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण, छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ।  

डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।

३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।भण्डारीको टोलीले १६ घन्टा समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। 

डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे मात्र सकिएको थियो।

शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको थियो।

सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो  पटक कलेजोको प्रत्यारोपण गर्न सफल भएको हो ।

मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन सकेको थिएन । 

यस संगै कलेजो प्रत्यारोपणका लागि अब भारत लगायत अन्य मलुक जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण गर्न नेपालमा २५ लाख लाग्नेछ ।

कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो। ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए ।

वार्षिक १० देखि १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको डा. भण्डारी बताउँछन्। सुरुवातका केही महिना एक वटा प्रत्यारोपण गरेपनि तीन महिनापछि प्रत्यारोपणको स्पिड बढाउने उनले बताए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ९ : २५ बजे

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र