पार्लर नगइ घरेलु विधीबाट घरमै यसरी चम्काउनुस् अनुहार « Khabarhub

पार्लर नगइ घरेलु विधीबाट घरमै यसरी चम्काउनुस् अनुहार


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा छालाको हेरचाह गर्न निकै कठिन हुन्छ । चर्को घाम र पसिनाका कारण छालामा विभिन्न समस्याहरु देखा पर्छन् ।

त्यतिमात्र होइन धुवा धुलो र प्रदुषणले छालाका साथै अनुहारको निखारता पनि हराउन सक्छ । छालाको हेरचाह राम्रोसँग गरिएन भने अनुहार फुस्रो हुने, चाया पोतो आउने लगायतका समस्या पर्न सकछन् । त्यसैले छालाको हेरचाहमा विशेष ध्यान दिन जरुरी छ ।

आजभोलि अनुहार राम्रो बनाउनका लागि पार्लर जाने वा कस्मेटिक उपचार गर्ने प्रचलनमा विकास भएको छ तर त्यसले अनुहारको प्राकृतिक सुन्दरतालाई फिर्ता गर्दैन । त्यसका लागि तपाईले घरमा नै केही उपायहरु अपनाउन सक्नुहुन्छ ।

यसका लागि निकै उपयोगी हुन्छ, दही । दहीका साथमा नीमको प्रयोग थप उपयोगी हुनजान्छ ।

कसरी बनाउने फेसप्याक ?

दही र नीमको फेसप्याक बनाउन सजिलो छ । केही नीमको पात र दही भएमा यस्तो प्याक बनाउन सकिन्छ ।

त्यसका लागि केही नीमका पत्ताहरुलाई मिक्सरमा हाल्नुपर्छ । यसमा दुई टेबल चम्चा दही हाल्ने र त्यसलाई राम्ररी मिक्स गर्ने । अब यो पेस्टलाई आफ्नो स्किनमा लगाउने र १५ मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

के फाइदा ?

अनुहारमा निखार ल्याउन सहयोगीः यो फेस प्याक भिटामिन्स र पोषक तत्वहरुले भरपूर हुन्छ । यसले हाम्रो स्किन सेल्सलाई स्वस्थ राख्छ र यसले हाम्रो अनुहारमा चमक ल्याउँछ ।

दाग धब्बालाई कम गर्छः यो प्याकले खराब टिस्यूहरुलाई रिपेयर गर्छ । यसलाई दैनिक लगाउनाले अनुहारको दाग(धब्बा कम भएर जान्छ ।

घामबाट अनुहारको रक्षाः नीम र दहीको मिश्रणले सनस्कीनको रुपमा पनि काम गर्छ । यसले हाम्रो स्किनलाई खतरनाक यूभी किरणबाट बचाउँछ ।

नीममा एन्टी ब्याक्टेरिया हुने भएकाले यसले खटिरा, डन्डीफोरबाला ब्याक्टेरियालाई मार्छ ।

स्किन टोनलाई सेतो बनाउँछः यसले ब्लीचिङ एजेन्टको रुपमा पनि काम गर्छ । यसले तपाईंको स्किन टोन सेतो हुन्छ ।

छालाको रोगहरु पर भगाउँछः दही र नीमको पेस्टले सानातिना छालाका बिमारीहरुलाई ठिक पार्छ ।

छालालाई नरम बनाउँछः दहीले छालामा मोइस्चराइजरको रुपमा काम गर्छ र छालालाई मुलायम बनाउँछ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ३ : ३२ बजे

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन