विप्लव समूहको त्रासमा जनप्रतिनिधि, गाउँपालिकाको केन्द्रमै बस्न थाले वडाअध्यक्ष « Khabarhub

विप्लव समूहको त्रासमा जनप्रतिनिधि, गाउँपालिकाको केन्द्रमै बस्न थाले वडाअध्यक्ष


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोमबारको कान्तिपुर दैनिकमा विप्लव समूहले आगजनी र विस्फोटको घटना गर्न थालेपछि जनप्रतिनिधि त्रासमा परेका र त्रासकै कारण धेरैजसो वडाध्यक्ष स्थानीय तहको केन्द्रमै बस्न थालेका समाचार प्रकाशन भएको छ ।

समाचारमा भनिएको छ– अछामका सार्वजनिक निकायमा आगजनी र विस्फोटका घटना बढेपछि जनप्रतिनिधि त्रासमा छन् । त्रासकै कारण धेरैजसो वडाध्यक्ष स्थानीय तहको केन्द्रमै बस्न थालेका छन् ।गाउँपालिका केन्द्रबाट ४ घण्टाको दूरीमा रहेको ढकारी गाउँपालिका ५ को कार्यालयलगायत सम्पूर्ण कागजात जलाइएपछि कार्यालय सञ्चालनमा आउन सकेको छैन । यो गाउँपालिका मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेखको सिमानामा पर्छ ।

‘सुरक्षा नभएकाले कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष रामबहादुर बुढाले भने, ‘हामी आफैं असुरक्षित भएपछि गाउँपालिकाको केन्द्रमा कोठा भाडामा लिएर बस्ने तयारी गरेको छु ।’ आगजनीबाट कार्यालयका उपकरण, कागजात र अन्य सामग्री जलेका थिए ।

आफूमाथि पनि आक्रमण नहोला भनेर ढुक्क हुने अवस्था नरहेको पञ्चदेवल विनायक नगरपालिका ३ का वडाध्यक्ष सुरेन्द्र शाहीले बताए । ‘वडा कार्यालय नै जलाइएपछि मानसिक तनाव हुन थालेको छ,’ उनले भने, ‘वडाध्यक्षलाई ज्यान जोगाउन गाह्रो परेको छ ।’ राति २ बजे ५/६ जनाको समूहमा आएका व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको उनको भनाइ छ ।

जिल्लामा विस्फोटन र आगजनीका घटना बढेका छन् । चैत १२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसेन झातामा दोहोरो गोली चल्यो । जेठ १ गते मंगलसेन नगरपालिकाका प्रमुख चढ्ने गाडी जलाइयो । जेठ २५ गते माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भयो । यस्तै असार १० गते दुई वडा कार्यालयमा आगजनी भएपछि वडाध्यक्ष त्रस्त भएका हुन् ।

पछिल्लो समयमा बढेका घटनामा चन्द समूहको संलग्नता रहेको प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाही बताउँछन् । ‘घटनामा चन्द समूहको संलग्नता देखिएको छ,’ उनले भने, ‘घटनामा संलग्नको पहिचान भएको छ । खोजीका लागि जिल्लाका सम्भावित ठाउँमा प्रहरी परिचालन गरिएको छ ।’

नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न अछाममा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जानकारी दिएको छ । अछामसँग सीमा जोडिएका दैलेख र कालिकोटका नेपाली सेना, प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको उपस्थितिमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक दैलेखको राकममा बसेको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : ३६ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले