भारत पराजित भएपछि धोनीमाथि खनिए फ्यानहरु, लगाए यस्तो आरोप « Khabarhub

भारत पराजित भएपछि धोनीमाथि खनिए फ्यानहरु, लगाए यस्तो आरोप


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको महत्वपूर्ण खेलमा भारत पराजित भएपछि फ्यानहरुले धोनीको गल्ती भन्दै आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भारतीय दर्शकहरुले धानीको गल्ती भएको भन्दै आक्रोश पोख्नुका साथै आलोचना गरेका हुन् । खेलमा इंग्ल्याण्डसँग भारत ३१ रनले पराजित भयो ।

पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले पुरै ओभर ब्याटिंग गरे पनि ३०६ रन मात्रै बनाउन सक्यो। प्रतियोगितामा भारतले ७ खेल खेल्दा यो पहिलो हार व्यहोरेको हो ।

सन् १९९२ को विश्वकप पछि इंग्ल्याण्डले विश्वकप क्रिकेटमा भारतलाई पहिलो पटक पराजित गरेको हो । इंग्ल्याण्डको जितमा प्लेयर अफ द म्याच चुनिएका जोन्नी बेयरस्टोले सर्वाधिक १११ रन बनाए भने बलिंगमा लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए।

भारतले लक्ष्य पछ्याउने क्रममा पहिलो १० ओभरमा मात्र २८ रन बनाउन सकेको थियो भने अन्तिम १० ओभरमा १०४ रन बाँकी रहंदा मात्र ७२ रन मात्रै बनाउन सकेको थियो।

इनिंगको अन्तिममा ब्याटिंग गरेका धोनी र केदार जाधबले सुस्त ब्याटिंग गरेका थिए जुन क्रममा अन्तिम ५ ओभरमा दुइ ब्याट्सम्यानले ३ चौका र १ छक्का मात्रै प्रहार गर्नसकेका थिए।

ठूलो सट आवस्यक हुँदा धोनी र जाधबले चौका छक्का प्रहार गर्नुको साटो १–१ रन लिंदै जित्ने अभिलाशा नदेखाएको भन्दो आलोचना गरेका हुन् ।

पुरा खेलमा इंग्ल्याण्डले १३ छक्का प्रहार गर्दा भारतले मात्र १ छक्का मात्र प्रहार गर्न सक्यो जुन अन्तिम ओभरमा धोनीले प्रहार गरेका थिए। धोनीले अविजित इनिंग खेल्ने क्रममा ३१ बलमा ४ चौका र १ छक्का मद्दतले ४२ तथा केदार जाधबले १४ बलमा १ चौका मद्दतले अविजित १२ रन बनाए।

धेरै फ्यानहरुले धोनीको आलोचना गर्दा नेट रन रेट राम्रो बानाइ राख्नको लागि सुस्त ब्याटिंग गरेको आरोप लगाएका छन् ।
केही फ्यानले धोनीको बचाउमा पनि बोलेका छन्।

ट्वीटरमा कसले के लेखे ?

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : ४३ बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल