पासपोर्टको फोटोमा ४ वर्षको छोराले बाबुको दाह्री जुंगा बनाइदिएपछि… « Khabarhub

पासपोर्टको फोटोमा ४ वर्षको छोराले बाबुको दाह्री जुंगा बनाइदिएपछि…


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एउटा चार वर्षको बालकले राहदानीमा केरमेट मात्र होइन उपद्रो नै मच्चाएपछि बुबा दक्षिण कोरियामै अलपत्र बनेका छन् ।

ती अबोध बालकले जानेर भन्दा पनि रमाइलोका लागि यस्तो गरेको राहदानीमा कोरिएका चित्रहरुबाट प्रष्ट हुन्छ । बालकले पासपोर्टमा मानिस, जनावर र बुबाको तस्वीरमा दाह्री जुंगा समेत बनाउन भ्याएका छन् ।

पासपोर्टमा चित्र कोरिएका कारण उनको कागजात प्रस्ट नदेखिँदा अधिकारीहरुले छोरालाई लिएर घर जान नसक्ने भन्दै दक्षिण कोरियामै रोकेको जनाइएको छ ।

ती बालकका बुबाले सहयोग माग्दै सामाजिक सञ्जाल वीवो मा पासपोर्टमा कोरिएको चित्र सार्वजनिक गरेका हुन् । जुन पासपोर्ट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पासपोर्टमा यसरी केरमेट गरिएको छ कि त्यहाँ बुबाको नाम चेन बाहेक अरु स्पष्ट देखिँदैन ।

बालको गल्तीले अहिले उनीहरु अप्ठेरोमा परेका हुन । ती बालकले बुबाको पासपोर्टमा चित्र कोरेपछि समस्या निम्तिएको हो । ती चार वर्षे बालकको परिवार दक्षिण कोरिया भ्रमणमा व्यस्त रहेका बेला यस्तो समस्या निम्तिएको हो । भ्रमणमै रहँदा ती बालकले आफ्नो बुबाको चिनियाँ पासपोर्टको पछिल्लो पानामा कालो मसीले यस्तो उपद्रो मच्चाएका हुन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : ०२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई