पासपोर्टको फोटोमा ४ वर्षको छोराले बाबुको दाह्री जुंगा बनाइदिएपछि… « Khabarhub

पासपोर्टको फोटोमा ४ वर्षको छोराले बाबुको दाह्री जुंगा बनाइदिएपछि…


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एउटा चार वर्षको बालकले राहदानीमा केरमेट मात्र होइन उपद्रो नै मच्चाएपछि बुबा दक्षिण कोरियामै अलपत्र बनेका छन् ।

ती अबोध बालकले जानेर भन्दा पनि रमाइलोका लागि यस्तो गरेको राहदानीमा कोरिएका चित्रहरुबाट प्रष्ट हुन्छ । बालकले पासपोर्टमा मानिस, जनावर र बुबाको तस्वीरमा दाह्री जुंगा समेत बनाउन भ्याएका छन् ।

पासपोर्टमा चित्र कोरिएका कारण उनको कागजात प्रस्ट नदेखिँदा अधिकारीहरुले छोरालाई लिएर घर जान नसक्ने भन्दै दक्षिण कोरियामै रोकेको जनाइएको छ ।

ती बालकका बुबाले सहयोग माग्दै सामाजिक सञ्जाल वीवो मा पासपोर्टमा कोरिएको चित्र सार्वजनिक गरेका हुन् । जुन पासपोर्ट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पासपोर्टमा यसरी केरमेट गरिएको छ कि त्यहाँ बुबाको नाम चेन बाहेक अरु स्पष्ट देखिँदैन ।

बालको गल्तीले अहिले उनीहरु अप्ठेरोमा परेका हुन । ती बालकले बुबाको पासपोर्टमा चित्र कोरेपछि समस्या निम्तिएको हो । ती चार वर्षे बालकको परिवार दक्षिण कोरिया भ्रमणमा व्यस्त रहेका बेला यस्तो समस्या निम्तिएको हो । भ्रमणमै रहँदा ती बालकले आफ्नो बुबाको चिनियाँ पासपोर्टको पछिल्लो पानामा कालो मसीले यस्तो उपद्रो मच्चाएका हुन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : ०२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार