त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवार (आज)देखि पूर्ववत् रूपमै सञ्चालनमा आएको छ ।

तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको अधिकारीहरुको भनाइ छ ।

विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ। झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो।

चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, “सोमवार बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म दैनिक अर्थात् २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउँदैछौँ।”

“तोकिएकै गुणस्तर र समयमै धावनमार्गको निर्माणको काम सकिएकाले विमान कम्पनीहरूलाई पुन: पहिलाकै समयतालिकाबमोजिम उडान सञ्चालन गर्न भनेका छौँ।”

तीन महिलाको अवधिमा विमानस्थल राति १० बजे नै बन्द गरेर रातभरि निर्माणको काम गरिएको थियो। त्यतिखेर तोकिएको समयभन्दा केही ढिला उडानका लागि तयार भएको नेपाल वायुसेवा निगमको विमान उड्न नदिएको विषयले निकै चर्चा पाएको थियो।

त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्।

नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ०० बजे

लमजुङको क्व्होलासोथार अस्पताल : पाँच वर्षमा १३ प्रतिशत काम

लमजुङ– लमजुङ क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को