ट्रकसँग ठोक्किदा मोटरसाइकल चालकको ज्यान गयो « Khabarhub

ट्रकसँग ठोक्किदा मोटरसाइकल चालकको ज्यान गयो


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल रहेका छन् । घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति एकापसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमानै मृत्यु भएको हो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ३४ बजे

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको