यी बलिउड अभिनेता थिए अनन्या पाण्डेका पहिलो क्रस « Khabarhub

यी बलिउड अभिनेता थिए अनन्या पाण्डेका पहिलो क्रस


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले ‘स्टुडेन्ट अफ द इयर २’ मार्फत बलिउडमा डेब्यु गरिन् । उनी पछिल्लो समय दोस्रो फिल्मको छायांकनमा व्यस्त छिन् । यसका अलावा उनी एक अन्तराष्ट्रिय ब्राण्डको प्रचार पनि गरिरहेकी छिन् ।

हालै अनन्याले एक कार्यक्रममा आफ्नो पहिलो क्रसका बारेमा बताइन् । कार्यक्रममा अनन्यालाई सोधियो कि, तपाईंको पहिलो क्रस को थियो ?

यसको जवाफ दिँदै अनन्याले भनिन् – ऋतिक रोशन ।

अनन्याका अनुसार, जब उनी २ वर्षकी थिइन् । त्यतिबेला उनले ऋतिकलाई एक बर्थ डे पार्टीमा देखेकी थिइन् । त्यतिबेला नै ऋतिकप्रति उनी आकर्षणमा परेकी थिइन् ।

अनन्याले आइडियल व्यक्तिका रुपमा भने वरुण धवनलाई लिएको बताइन् । वरुणको क्युटनेस आफूलाई मन पर्ने पनि उनले खुलासा गरिन् ।

अनन्यालाई के प्रेममा परेर दिल टुटेको थियो ? भनेर पनि सोधिएको थियो । यसमा उनले आफ्नो दिल नटुटेको तर अरुको दिल तोडेको बताइन् । उनले आफ्ना कैयन् फ्यान भएको र कतिले त बाइकमा पिछा गर्ने समेत गरेको बताइन् ।

उनले एक फ्यान स्मरण गर्दै भनिन्, ‘एक युवक मेरो घरमुनि झण्डै एकसय वटा चकलेट बोकेर पुगेका थिए, मलाई चकलेट एकदमै मन पर्छ ।’

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ११ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया