उत्तर कोरियका सुरक्षाकर्मीले ह्वाइटहाउसकी प्रेस सेक्रेटरीलाई रोकेपछि… « Khabarhub

उत्तर कोरियका सुरक्षाकर्मीले ह्वाइटहाउसकी प्रेस सेक्रेटरीलाई रोकेपछि…


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार असैन्य क्षेत्रमा उत्तर कोरियाली नेता किम जोन उनसँग भेटवार्ताका लागि पुगे । त्यसक्रममा ट्रम्पले उत्तर कोरियाली जमिनमा पाइला राखे ।

जब ट्रम्प र किम जोन उनका बीच भेटवार्ता भइरहेको थियो त्यतिबेला किम जोन उनका सुरक्षाकर्मीले ह्वाइट हाउसकी प्रेस सेक्रेटरीसँग नराम्रो व्यवहार गरे ।

अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार डोनाड ट्रम्प र किमबीचको भेटघाटका बीच कोरियाली सुरक्षा गार्डले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमसँग ठेलमठेल र अभद्र व्यवहार गरेका थिए ।

उत्तर कोरियाली सुरक्षागार्ड अमेरिकाका पत्रकारलाई भित्र जानबाट रोकिरहेका थिए त्यतिबेला ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टेफनी ग्रिशम उनीहरुसँग भिडेकी हुन् । यो भिडियोलाई अमेरिकी सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरेका छन् ।

आइतबार अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा पुगेका थिए । असैन्यकृत क्षेत्रमा पुगेका ट्रम्पलाई उत्तर कोरियाका शासक किम जोन उनले स्वागत गरेका थिए ।

सीमा क्षेत्रमा केहीबेर हस्तमिलान गरेपछि ट्रम्प पान्जोमुन पुगेका थिए । ट्रम्प उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति समेत बनेका छन् ।

किमसँग भेटवार्ता भएपछि ट्रम्पले उत्तर कोरियामा पाइला टेक्न पाउँदा गर्व महशुस भएको बताएका थिए भने उत्तरकोरियाली शासक किमले ट्रम्पको यो भ्रमणले आफू र उनीबीचको सम्बन्ध राम्रो रहेको स्पष्ट भएको बताएका थिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३३ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि