५ करोडमा सभागृह निर्माण शुरु « Khabarhub

५ करोडमा सभागृह निर्माण शुरु


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको आइतबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूले शिलान्यास गरे ।

प्रदेश नं ५ सरकारको रु चार करोड ८७ लाख ८९ हजार ५५९ लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । मगहर चोकमा अत्याधुनिक र सुविधासम्पन्न सभाहल निर्माण हुन लागेको हो । करीब ३८ कट्ठा जग्गामा उक्त सभाहल निर्माण हुन लागेको हो ।

अध्यक्ष यादवका अनुसार यस वर्ष प्रदेश सरकारको कूल रु ६० लाखको बजेटबाट काम शुरु गरिने छ । यसमा प्रदेश सरकारले क्रमागत रुपमा बजेट प्रदान गर्ने प्रदेशसभा सदस्य थारुले बताउनुभयो । उक्त सभाहल निर्माणको काम तीन वर्षभित्र पूरा हुनेछ । तीन तलाको भवन निर्माण हुने इञ्जिनीयर सूर्य रावतले बताउनुभयो ।

सभाहल निर्माण

दाङको बबई गाउँपालिकामा सभाहल निर्माणको काम पूरा भएको छ । प्रदेश नं ५ सरकारको रु ६० लाख लगानीमा उक्त सभाहल निर्माण भएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । उनका अनुसार गाउँपालिकाको वडा नं ५ मा ५०० क्षमताको उक्त सभाहल निर्माण भएको हो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ३५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन