शिक्षकले तलब नपाएको भन्दै २२ ओटा विद्यालयमा तालाबन्दी « Khabarhub

शिक्षकले तलब नपाएको भन्दै २२ ओटा विद्यालयमा तालाबन्दी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– शिक्षकहरुले तलब नपाएको भन्दै जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ ओटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

आफूहरुले १ दशकदेखिको पारिश्रमिक नपाएको भन्दै निजीस्रोतका शिक्षकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाभित्रका आधारभूत, प्राथमिक तथा माध्यमिक तहका विद्यालयका ६३ जना शिक्षकले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष एवम् शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले आफूहरुले तलब नपाउँदासम्म विद्यालयको ताला नखोलिने बताए ।

आफूहरुले असार ११ गतेसम्मका लागि विद्यालय व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन अल्टिमेटम दिए पनि वास्ता नगरिएका कारण अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको रोकायाको भनाइ छ ।

शिक्षकहरुको अनश्चितकालीन तालाबन्दीका कारण गाउँपालिकाभरिको पठनपाठन प्रभावित भएको छ । सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको