शिक्षकले तलब नपाएको भन्दै २२ ओटा विद्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

शिक्षकले तलब नपाएको भन्दै २२ ओटा विद्यालयमा तालाबन्दी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– शिक्षकहरुले तलब नपाएको भन्दै जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ ओटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

आफूहरुले १ दशकदेखिको पारिश्रमिक नपाएको भन्दै निजीस्रोतका शिक्षकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाभित्रका आधारभूत, प्राथमिक तथा माध्यमिक तहका विद्यालयका ६३ जना शिक्षकले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष एवम् शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले आफूहरुले तलब नपाउँदासम्म विद्यालयको ताला नखोलिने बताए ।

आफूहरुले असार ११ गतेसम्मका लागि विद्यालय व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन अल्टिमेटम दिए पनि वास्ता नगरिएका कारण अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको रोकायाको भनाइ छ ।

शिक्षकहरुको अनश्चितकालीन तालाबन्दीका कारण गाउँपालिकाभरिको पठनपाठन प्रभावित भएको छ । सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ४९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका