विद्युतिय बस किन्न साझालाई प्रदेश नम्बर तीन सरकारले दियो ३० करोड « Khabarhub

विद्युतिय बस किन्न साझालाई प्रदेश नम्बर तीन सरकारले दियो ३० करोड



काठमाडौं– साझा यातायात सहकारी संस्थालाई विद्युतिय बस खरिदका लागि प्रदेश नम्बर तीन सरकारले रकम हस्तान्तरण गरेको छ ।

सोमबार राजधानीमा आयोजित वातावरणमैत्री युरो मापदण्डका २० वटा बस सेवा शुभारम्भ र विद्युतीय बस संचालनको लागि सम्झौता तथा चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारले उक्त रकमको चेक साझालाई हस्तान्तरण गरेको हो ।

विद्युतिय बस खरिदका लागि प्रदेश तीन सरकारले रु ३० करोड रुपैयाँको चेक साझालाई हस्तान्तरण गरेको हो । त्यस्तै ललितपुर महानगरपालिकाले २ करोड ५० लाखको चेक साझालाई हस्तान्तरण गरेको छ ।

साझासँगको सहकार्यमा आगामी दिनमा प्रदेश ३ लयायत नेपालभरि विद्युतिय बस सञ्चालन गरिने राखिएको छ ।

प्रदेश भित्रका शहरहरुमा विद्युतिय सवारि चलाउजे लक्ष्य रहेको प्रदेश-३ का आर्थिक तथा मामिला मन्त्री कैलाशमणि डुङ्गेलले बताए ।

कार्यक्रममा मुख्मन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्री, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर लगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ०२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको