चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जले असार २१ गते (आगामी शनिबार)देखि जिप सफारी बन्द गर्ने भएको छ ।

वर्षा शुरु भएसँगै निकुञ्ज कार्यालयले जिप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको ढकालको भनाइ छ ।

हालम्म निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट ७ ओटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।

निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा ५ हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले १ सय ५०, सार्क मुलुकका पर्यटकले १ हजार र विदेशीले २ हजार राजस्व बुझाउने गर्दछन् ।

ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए । निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ ।

निकुञ्जले यस वर्षको जेठसम्ममा २७ करोड रुपैयाँ राजस्व सङ्कलन गरिसकेको छ । हरेक वर्ष २ लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ५४ बजे

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन