विप्लव समूहसँग दोहोरो भिडन्त भएको क्षेत्रमा केन्द्रबाट थप सुरक्षाकर्मी परिचालन « Khabarhub

विप्लव समूहसँग दोहोरो भिडन्त भएको क्षेत्रमा केन्द्रबाट थप सुरक्षाकर्मी परिचालन


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बिहान विप्लव समूहसँग दोहोरो भिडन्त भएको संखुवासभामा केन्द्रबाट थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले ३ खेप गरेर संखुवासभाको सिलिङचोङ गाउँपालिकामा ५० जना सुरक्षाकर्मी उतारेको छ ।

केन्द्रबाट नेपाल प्रहरीका १० र १५ गरी ३५ जनाको दुई छुट्टा–छुट्टै टोली र सशस्त्र प्रहरीको १५ जनाको टोली सिलिङचोङ–१ होयाङ्ग्ला पुगेको छ ।

होयाङ्ग्लामा अहिले नेपाली प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) शेखरजंग मल्लको कमाण्डमा २५ तथा अर्का प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जनाको टोली खटिएको छ । यस्तै सशस्त्र प्रहरीबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेष थापाको कमाण्डमा १५ जना सुरक्षाकर्मीको टोली होयाङ्ग्लामा पुगेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  २ : १८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित