सशस्त्र प्रहरीका ४ पूर्व आइजीलाई भ्रष्टाचार मुद्दामा सफाइ « Khabarhub

सशस्त्र प्रहरीका ४ पूर्व आइजीलाई भ्रष्टाचार मुद्दामा सफाइ


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलका ४ जना पूर्व महानिरीक्षक (आईजी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

सशस्त्रका ४ जना पूर्व आइजीहरु कोषराज वन्त, शैलेन्द्र कुमार श्रेष्ठ, बासुदेव वली र सनत कुमार बस्नेतसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य (न्यायाधीश)हरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको सोमबारको इजलाशले भ्रष्टाचार मुद्दामा ४ जना पूर्व आइजीलाई सफाइ दिएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय (हलचोक)का लागि सामान ढुवानीमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तसहित ४ जना आइजीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले गरेको छानबिनबाट सामान ढुवानी नै नगरी वन्तसमेतको संलग्नतामा अनियमितता भएको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले वन्तकै बयानका आधारमा पूर्व आईजीहरु सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीविरुद्ध समेत मुद्दा दायर गरेको थियो ।

अख्तियारले पूर्व आइजी वन्तसँग १०, बस्नेतसँग ८ करोड, श्रेष्ठसँग १ करोड र बासुदेवी वलीसँग ७० लाख धरौटी माग गरेको थियो ।

अख्तियारले पूर्व आइजी वन्तसहित सशस्त्र प्रहरीका तत्कालीन लेखा प्रमुख (सशस्त्र प्रहरी निरीक्षक) बिन बहादुर थापा, भरत कुमार थापा, अरविन्द धिताल, जगत नारायण श्रेष्ठ, आनन्द थापामगर, मिलन अधिकारी र उज्जवल थपलियाविरुद्ध १८ माघ २०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस्तै पूर्व आइजी सनत कुमार बस्नेतविरुद्ध १७ फागुन २०७२ मा मुद्दा दर्ता गरिएको थियो । बस्नेतविरुद्धको मुद्दामा तत्कालीन लेखा प्रमुख (सशस्त्र प्रहरी निरीक्षक) बिन बहादुर थापासहित मनुहिरा महत, शिव बहादुर अधिकारी, देवेन्द्र कुमार श्रेष्ठ, निल बहादुर श्रेष्ठ र लेखबहादुर खत्रीलाई पनि प्रतिबादी बनाइएको थियो ।

यस्तै पूर्वी आईजी शैलेन्द्र कुमार श्रेष्ठविरुद्ध २४ माघ २०७२ मा दर्ता भएको मुद्दामा तकमान महरा, राम चन्द्र श्रेष्ठ र भरत कुमार थापालाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो ।

पूर्व आइजी बासुदेव वलीविरुद्ध २९ माघ २०७२ मा दर्ता भएको मुद्दामा तत्कालीन लेखा प्रमुख (सशस्त्र प्रहरी निरीक्षक) बिन बहादुर थापा एवम् महेन्द्र बहादुर कार्कीलाई पनि प्रतिवादी बनाइएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  २ : ३५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी