पाण्डव पुजारा गजल: किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ « Khabarhub

पाण्डव पुजारा गजल: किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


  • पाण्डव पुजारा

किसानका छोरा हामी, खेत सुधार्न जान्नुपर्छ ।
शहीदका छोरा हामी देश सुधार्न जान्नुपर्छ ।

असारको महिना तिर कोदालो र हलो बोकी,
उबो काले उनो फुर्के भन्दै गोरु जोत्न जान्नुपर्छ ।

बर्षायाममा हिलो संग लडीबुडी गर्दै,
भविष्यमा धान हुने, बिऊ रोप्न जान्नुपर्छ ।

आकाशबाट पानी नझर्दा, खडेरी भई बिऊ सुक्ने,
बाली नाली सुधार्नलाई, पानी लाउन जान्नुपर्छ ।

गहुँ पाक्ने बैशाख जेठमा, धान पाक्ने कार्तिक
पाकेको धान भकारीमा टाली राख्न जान्नुपर्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : १७ बजे

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर