स्वास्थ्य मन्त्री यादव भन्छन्- स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव « Khabarhub

स्वास्थ्य मन्त्री यादव भन्छन्- स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव रहेको बताएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गर्दै मन्त्री यादवले स्वास्थ्य जनशक्तिदेखि भौतिक पूर्वाधार र उपकरणहरुको अभाव नै अभाव रहेको बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव छ, हामीसँग विशेषज्ञ डाक्टरको अभाव छ, हेल्थ पोष्टको अभाव छ, स्वास्थ्यकर्मी, उपकरण अभाव छ ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउनुपर्ने भएपनि स्वास्थ्यमा कम बजेट विनियोजन हुँदा सरकारले विनियोजन गरेको रकम कर्मचारीको तलब भत्तामै खर्च हुने गरेको मन्त्री यादवले बताए ।

‘जनताको स्वास्थ्य भएर बाच्न पाउनुपर्ने अधिकार छ, त्यो अधिकार दिन स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट चाहिन्छ, तर यसपाली हामीले पाएको ४ दशमलब ४८ प्रतिशत हो,’ मन्त्री यादवले भने, ‘जसमा ४ प्रतिशत त तलब भत्तामै खर्च हुने रहेछ स्वास्थ्य क्षेत्रका विकासका लागि 0.४८ प्रतिशत बजेट मात्रै बाँकी रहन्छ, त्यसले कसरी लक्ष्य हासिल गर्ने ?’

मन्त्री यादवले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न नयाँ स्वास्थ्य नीति ल्याएको र सोहीअनुसार बजेटको आकार बढाउन पनि पहल गर्दै जाने बताए ।

मन्त्री यादवले सामान्य प्रशासन मन्त्रालयका कारण स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रियामा समस्या उत्पन्न भएको बताए ।

‘समायोजनको विषयमा म आफै पनि सबैभन्दा दुखी छु, म आएदेखि ६ महिना त समायोजनकै विषयमा समय गएको छ, अब भने समायोजनको लिष्ट आउन थालेको छ, समायोजनको प्रक्रिया छिट्टै सम्पन्न हुन्छ ।’

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : ३६ बजे

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले