कोपा अमेरिकामा मेस्सीलाई ब्राजिलको डर « Khabarhub

कोपा अमेरिकामा मेस्सीलाई ब्राजिलको डर


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व चर्चित खेलाडी लियोनल मेस्सी यतिबेला ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा व्यस्त छन् ।

अर्जेन्टिनको नेतृत्व गरिरहेको मेस्सीका लागि कोपा अमेरिका निकै चुनौती र अवसरले भरिएको प्रतियोगिता हो । चुनौती यो मानेमा कि उनीसँग अर्जेन्टिनालाई कोपा अमेरिका जिताउने दबाब छ भने अवसर यो मानेमा उनीसँग विश्वका स्टार खेलाडी छन् ।

मेस्सीको योजना अनुसार खेल भए उनीहरुकै साथ र सहकार्यले उनलाई कोपाको उपाधि उचाल्न सघाउनेछ । सेमिफाइनल प्रवेश गरिसकेको अर्जेन्टिना पहिलो सेमिफाइनलमा बुधबार घरेलु टोली ब्राजिलसँग खेल्दैछ ।

अर्जेन्टिनाविरुद्धको खेलमा समूह चरणमा बलियो बन्दै सेमिफाइनल पुगेको ब्राजिल चुनौती बन्न सक्ने फुटबल विश्लेषक बताउँछन् । त्यसोत मेस्सीले जारी कोपामा ‘इन्जोए’ गर्न नसकेको पनि बताइन्छ । उनले ब्राजिलमा मैदानहरुको खुलेर आलोचना गरेका छन् । उनले आफूले खेलेका कुनै पनि मैदान राम्रो नभएको बताउँदै आएका छन् ।

ब्राजिल र अर्जेन्टिनाको खेल हेर्न विश्वभरका फुटबल दर्शक आतुर छन् । किनकी उनीहरु दुईमध्ये एक टोली बुधबार घर फर्किनेछ । उपाधी दाबेदार टोलीका रुपमा हेरिएका यी दुई टोली नै सेमिफाइनलमा भिड्ने भएपछि कोपामा जुन ‘चाम’ रहनु पर्ने त्यो नरहने पनि कतिपयले बताउँदै आएका छन् ।

मेस्सीले जारी कोपामा मात्रै एक गोल गर्न सकेका छन् । त्यो पनि पेनाल्टीमार्फत । त्यसैले पनि मेस्सी यो प्रतियोगितामा राम्रो गर्न नसकेको स्वीकारी सकेका छन् ।  तर, पूर्व ब्राजिलीयन फुटबलर रिभाल्डोले मेस्सी भएपछि टिमलाई दबाब नरहने बताउँछन् । ‘जब तपाईसँग मेस्सी छन् । त्यहाँ कुनै समास्या छैन,’ रिभाल्डाले भने ।

यस्तै उनले मेस्सीले ब्राजिलविरुद्ध खेल्दा कस्तो भूमिका खेल्नुपर्छ भन्ने बारे जानकार रहेको बताएका छन् । मेस्सीका बार्सिलोना टिम मेट फिलिपे कौटिन्होले पनि आफूले पाएको अवसरलाई गोलमा परिणत गर्न सक्ने भएकाले मेस्सीका लागि उनी पनि चुनौती हुनसक्ने रिभाल्डोल बताएका छन् ।

स्टार खेलाडी नेयमार चोटग्रस्त भएपछि नेयमार विन नै कोपा खेलिरहेको ब्राजिल अर्जेन्टिनालाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । यता मेस्सीले भने नकआउट चरणका खेललाई नयाँ स्टेजका रुपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : २३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने