स्विडेनका निश्चित सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध « Khabarhub

स्विडेनका निश्चित सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम- स्विडेनमा निश्चित सार्वजनिक स्थानमा धूमपान गर्न प्रतिबन्ध लागेको छ । सोमबारबाट लागू भएको नयाँ नियमअनुसार खेलमैदान तथा रेल स्टेशनसहित सार्वजनिक स्थानमा अब धूमपान गर्न पाइने छैन ।

त्यस्तै, नयाँ नियमअनुसार रेष्टुरेन्टको बाहिरी क्षेत्रमा पनि धूमपान गर्न पाइने छैन । पछिल्लो नियममा परम्परागतसहित विद्युतीय चुरोट पनि समेटिएको छ ।

स्विडेनको १ करोड जनसङ्ख्यामध्ये ११ प्रतिशतले नियमित धूमपान गर्ने गरेको तथ्याङ्क छ । त्यस्तै, १० प्रतिशतले कहिलेकहीँ मात्र धूमपान गर्ने गर्छन् ।

स्विडेनले पहिलोपटक सन् २००५ मा बार र रेष्टुरेन्टमा धूमपानमा प्रतिबन्ध लगाएको थियो । स्विडेनले सन् २०२५ सम्म मुलुकलाई धूमपानमुक्त बनाउने उद्देश्यका साथ नयाँ नियम लागू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : ११ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई