श्रम सम्मेलन सम्पन्न, दक्ष श्रम शक्ति उत्पादन गर्न सरकारलाई सुझाव « Khabarhub

श्रम सम्मेलन सम्पन्न, दक्ष श्रम शक्ति उत्पादन गर्न सरकारलाई सुझाव


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारलाई दक्ष श्रम शक्ति उत्पादन गर्न सुझाव दिएका छन् ।

राजधानीमा असार १५ र १६ गते भएको सम्मेलनमा सरकारले रोजगारका अवसर सिर्जना गर्नेभन्दा सीप तालिम सञ्चालन गरी श्रम बजारको मागअनुसार दक्ष श्रमिक उत्पादन गर्न आवश्यक तालिम केन्द्र खोल्नुपर्ने सुझाव दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले आन्तरिक श्रम बजारमा दक्ष श्रम नपाउने गरेका बताएका छन् । उनले भने, ‘रोजगारीका अवसर भएपनि दक्ष जनशक्ति नहुँदा विदेशी श्रमिकका भरमा निर्माण क्षेत्रका काम भइरहेका छन् । श्रमलाई सम्मान गर्ने र श्रमिकलाई हेर्न दृष्टिकोण परिवर्तन भएपनि सीप तालिम भने सरकार सञ्चालन गर्ने सकेको छैन ।’

खाली सीसी संस्थाका संस्थापक आयुषी केसीले नेपालमा दक्ष श्रमिकको अभाव नै भएको बताइन् । श्रम बजारमा माग भएअनुसार दक्ष श्रम नपाँउदा कतिपय काम अलपत्र भइरहेको उनको भनाइ छ । कार्यक्रममा बजारको मागअनुसार सरकारले नै नीजि क्षेत्रसँग सहकार्य गरेर तालिम केन्द्र सञ्चालन गर्ने सुझाव उनीहरुले सुझाव दिएका छन् ।

सरकारले समय र विश्व श्रम बजारमा माग हुने श्रम उत्पादनका लागि आवश्यक सीप मुलक श्रम शक्ति उत्पादन गर्ने नयाँ योजना ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् ।

सोमबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को समापन गर्दै मन्त्री विष्टले रोजगारीका अवसरसँग सीप तालिममा सरकारले जोड दिने आश्वासन दिएका थिए । आइतबार र सोमबार चलेको सम्मेलनमा ३ सय ५० रोजगारदाता सहभागी भएका थिए ।

आन्तरिक श्रम बजारमा श्रमिक र रोजगारदाताको अवस्थाका बारेमा अन्तक्रिया छलफलका लागि सम्मेलन आयोजना गरिएको श्रम मन्त्रालयले जानएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : १० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर