संसदीय व्यवस्थालाई धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सभामुख महराको आग्रह « Khabarhub

संसदीय व्यवस्थालाई धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सभामुख महराको आग्रह


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संंसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

सभामुख महराले विगतमा संसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अब त्यसो हुन नदिन सबै राजनीतिक दलहरुलाई सचेत गराएका हुन् ।  ६१ औं संसद दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रित हुन जरुरी रहेको पनि बताए ।

सभामुख महराले दलहरु भित्रको अन्तरविरोध चर्काएर खेल्ने तत्वहरुबाट जोगिन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै पूर्व सभामुख तानानाथ रानाभाटले पूर्व सांसदहरुको सुझाव लिएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन सरकारलाई सुझाव दिए ।

उनले राष्ट्रिय एकता, सामाजिक सदभावका साथ मुलुकलाई अघि बढाउन पनि सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । कार्यक्रममा पूर्व सभामुख रानाभाटले दलहरुको बलियो एकताबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : १७ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५