विदेशी श्रमिकको सेवा-सुविधामा कटौती गर्दै कोरिया, नेपाली पनि प्रभावित हुने | Khabarhub Khabarhub

विदेशी श्रमिकको सेवा-सुविधामा कटौती गर्दै कोरिया, नेपाली पनि प्रभावित हुने


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय विदेशी श्रमिकको आकर्षक रोजगार गन्तव्य देश बनेको दक्षिण कोरिया सरकारले आप्रवासी श्रमिकका सेवा–सुविधा कटौती गर्दै लैजाने भएको छ ।

कोरिया सरकारले आप्रवासी कामदारले पाउँदै आएको सेवा–सुविधामा हेरफेर हुने गरी ऐन बनाउने तयारी गरिरहेको कोरियाली सञ्चारमाध्यमले कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उदृत गर्दै समाचार सम्प्रेषण गरेका छन् ।

विदेशी कामदारले खाना र आवासबापत पाउँदै आएको २५ प्रतिशत सेवा–सुविधा कटौती गर्ने गरी श्रम कानून परिमार्जनको संशोधन विपक्ष लिबर्टी कोरिया पार्टीले ससंदमा पेश गरेको कोरियाली सञ्चारमाध्यले जनाएका छन् ।

लिबर्टी पार्टीले विदेशी श्रमिकको सेवा–सुविधा कटौतीको माग गर्दै गत वर्ष जारी भएको कानूनको प्रभावकारी कार्यान्वयन नभएको भन्दै संसदमा संशोधन पेश गरेको हो । लिबर्टी पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका ह्वान क्यो आनले विदेशी श्रमिकलाई कोरियाली सरह दिइरहेको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत कटौती गर्न माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीको मागप्रति सरकार सकारात्मक देखिएको र विपक्षीको मागलाई सम्बोधन गर्ने गरी कानूनको संशोधन गर्ने तयारी भइरहेको जनाइएको छ । यो विषयमा नयाँ मस्यौदा तयार पारी लिबर्टी कोरिया पार्टीका सांसद जु ग्याङ होले ससंदमा छलफलका लागि मस्यौदा पेश गरेका थिए । सोहीअनुसार विदेशी कामदारले पाउँदै आएको खाना र आवासको सुविधा कटौती हुने सम्भावना बढेको छ ।

कोरियाको राष्ट्रिय आर्थिक तथ्यांकअनुसार विदेशी कामदारबाट वार्षिक रुपमा १.१७८ बिलियन डलर कर उठ्ने गरेको छ । आप्रवासी श्रमिकले न्यून रुपमा कर तिर्ने भएका कारण उनीहरुको सेवा सुविधा कटौती गर्नुपर्ने कोरियाली विपक्ष पार्टीको माग छ । विदेशी श्रमिकले स्वदेशी श्रमिक जतिकै करमा योगदान नगर्ने भएका कारण सेवा सुविधा कटौतीको माग भएको हो । अहिले पनि कतिपय कम्पनीले कामदारको सहमतिमा खाने र बस्ने सुविधा दिएर २५ प्रतिशत रकम तलबबाट कटौती गरिरहेका छन् ।

कोरिया सरकारले हाल दिइरहेको २५ प्रतिशत रकम तलबबाट कटौती गर्दा त्यहाँ कार्यरत ४५ हजार नेपाली कामदार प्रभावित हुने देखिन्छ । सन् २००८ देखि नेपाली श्रमिक इपीएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान थालेका हुन् ।

भाषामा भन्दा सीपमा जोड

कोरिया सरकारले सन् २०२० देखि कोरियन भाषा अध्ययन गरेर रोजगारीका लागि जाने विदेशी कामदारका हकमा भाषाभन्दा सीप परिक्षामा जोड दिने भएको छ । सन् २०२० का लागि कोरियन भाषा परीक्षामा सहभागी भइ उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षणमा पनि अनिवार्य उर्त्तीण हुनुपर्ने कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले जनाएको छ ।

वैदेशिक रोजगार ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । उक्त भाषा परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य उर्त्तीण गर्नुपर्ने छ । सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । भाषा परीक्षा पास भएकाले सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने छ ।

विगतका वर्षहरुमा परीक्षार्थीहरुले भाषा परीक्षा पास गरेपछि सामान्य सीप परीक्षण मात्र दिए पुग्थ्यो । कोरिया सरकारले कोरियन भाषाभन्दा पनि सीप परिक्षणलाई जोड दिन थालेको वैदेशिक रोजगार ईपीएस शाखा कार्यालयका प्रमुख कुष्ण खनालले जानकारी दिए ।

विगतका वर्षमा भाषा परीक्षा उर्त्तीण गर्नेको सामान्य सीप परीक्षण हुन्थ्यो । अब भने भाषामाभन्दा सीप परीक्षणमा राम्रो गर्ने परीक्षार्थी कोरियाको प्रथामिकतामा पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : १८ बजे

शिक्षक आन्दोलन : १७ दिनदेखि मुख्य सडक ठप्प, भित्री र करिडोरमा चर्को जाम

काठमाडौं– काठमाडौंको माइतीघर-बानेश्वर ६ लेनको मुख्य सडकखण्डमा शिक्षकहरूले थालेको आन्दोलन

नेप्से समीक्षा : नयाँ वर्षको पहिलो सातामा ६० अङ्कले बढ्यो बजार

काठमाडौं– नयाँ वर्ष लागेसँगै शेयर बजारको रौनक फर्किएको छ ।

न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ आयोजना

न्युयोर्क– न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल

यमनको बन्दरगाहमा अमेरिकाको हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु

काठमाडौं– यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको

आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलित नेपाल शिक्षक महासंघलाई वार्ताका