प्रदर्शनकारीद्वारा हङकङको व्यवस्थापकीय भवनमा तोडफोड « Khabarhub

प्रदर्शनकारीद्वारा हङकङको व्यवस्थापकीय भवनमा तोडफोड


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– प्रदर्शनकारीले हङकङको व्यवस्थापकीय परिषद्को भवन तोडफोड गरेका छन् ।

सन् १९९७ मा हङकङलाई बेलायतले चीनसमक्ष हस्तान्तरण गरेको २२ औं वर्ष पुगेको अवसरमा आयोजित प्रदर्शनमा सहभागी प्रदर्शनकारीले व्यवस्थापकीय परिषद् भवनमा तोडफोड गरेका हुन् । प्रदर्शनमा दशौं हजार सहभागी थिए ।

पछिल्ला केही सातायता विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा रहेका प्रदर्शनकारीले सोमबार यहाँको व्यवस्थापिका भवनमा प्रवेश गरी झ्यालढोका, भित्तामा टाँगिएका पेन्टिङ र भित्तामा तोडफोड गरेका हुन् ।

ट्राफिक साइन र अन्य औजार लिएर व्यवस्थापिका भवन प्रवेश गरेका आक्रोशित प्रदर्शनकारीले तोडफोड गरेका हुन् । त्यसपछि व्यवस्थापकीय परिषद्ले प्रदर्शनकारीलाई पछि हट्न आह्वान गरेको थियो । दंगा प्रहरीले भने तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध तत्कालै केही कदम नचालेको बताइएको छ । त्यसको केही समयपछि दंगा प्रहरीले प्रदर्शनकारीमाथि मरिचको धूलो र लाठी प्रहार गरी उनीहरुलाई बाहिर लगेका थिए ।

त्यसपछि पनि प्रदर्शनकारीले व्यवस्थापकीय परिषद्को भवन अगाडी प्रदर्शनलाई निरन्तरता दिएका थिए । प्रदर्शनकारीले हङकङको स्वतन्त्रताको पनि माग गरेका थिए ।

पछिल्लो समय विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन हुँदै आएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले उक्त विधेयक अनिश्चितकालका लागि स्थगीत गरेपनि प्रदर्शनकारीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता लिइनुपर्ने तथा प्रमुख कार्यकारी लामले राजीनामा दिनुपर्ने माग गर्दै पछिल्ला केही सातायता प्रदर्शनलाई तीब्र पार्दै लगेका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्