दमन नरोके प्रतिशोध गर्ने विप्लव नेकपाको चेतावनी « Khabarhub

दमन नरोके प्रतिशोध गर्ने विप्लव नेकपाको चेतावनी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेका छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सङ्खुवासभामा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको निन्दा गर्दै विप्लव नेकपाले दमन नरोके प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

पार्टीका प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपी वली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवं भर्त्सना गर्दछ ।’

विप्लव नेकपाले अविलम्ब दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने विज्ञप्तिमार्फत चेतावनी समेत दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ३६ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का