आफैं जेलमा बसेर जुम्ल्याहा भाइलाई भगाएपछि… « Khabarhub

आफैं जेलमा बसेर जुम्ल्याहा भाइलाई भगाएपछि…


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– टर्कीमा उस्तै अनुहार भएका आफ्ना जुम्ल्याहा भाइलाई भगाउन एक जना जुम्ल्याहा दाजु जेलमा बसेको घटना सार्वजनिक भएको छ । उनले आफू जेलमा बसेर भाइलाई जेलबाट भगाउन सफल भएका थिए ।

ज्यान लिएको अभियोगमा जेलमा रहेका १९ वर्षे आफ्ना जुम्ल्याहा भाइलाई भेट्न जेल पुगेका उनी जेलभित्रै बसेर भाइलाई भने भगाएका थिए ।दक्षिणी टर्कीको मेसरिन शहरको उच्च सुरक्षा सहितको ए टिपी कापासी जेलमा रहेका जुम्ल्याहा भाइ मुरात ए. लाई भेट्न हुसैनल गत बिहीबार जेल गएका थिए ।

उनीहरुलाई जेलकै कक्षमा भेटघाट गर्न दिइएको थियो । त्यसपछि हुसैनले आफ्ना अपराधी जुम्ल्याहा भाइ बसेको कक्षमा आफूलाई राखेर भाइलाई भगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीको अनुहार ठ्याक्कै नमिले पनि दुईको अनुहार केही हदसम्म मिल्ने रहेकाले अपराधी भाइ भाग्दा प्रहरीले समेत चाल पाएन ।

ए टिपी कापासी जेलमा अनुहार पहिचान गर्ने यन्त्र नरहेका कारण उनी भाग्न सफल भएका थिए । पछि जेलका गार्डले जेलबाट हिडेको मानिसलाई चिनेर नजिकको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अपराधीको घर गएर उनलाई फेला पारेको थियो । हाल दुबै जुम्ल्याहा दाजुभाइ हिरासतमा छन् । यसबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ०८ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको