ट्रम्पसँग नैतिक आदर्श नभएको दलाइ लामाको टिप्पणी « Khabarhub

ट्रम्पसँग नैतिक आदर्श नभएको दलाइ लामाको टिप्पणी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नैतिक आदर्श नभएको टिप्पणी गरेका छन् ।

बीबीसीसँगको अन्तरवार्ताका क्रममा तिब्बती धर्मगुरुले ट्रम्पसँग नैतिक आदर्शको कमी रहेको जनाएका हुन् । भारतमा निर्वासित जीवन बिताइरहेका लामाले ट्रम्पको स्वभावबारे टिप्पणी गर्दै उनको मन बदलिरहने समेत बताए ।

उनले ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिको समेत आलोचना गरेका छन् । अमेरिकासँग विश्वव्यापी जिम्मेवारी रहेको र ‘अमेरिका पहिलो’ नीति यो जिम्मेवारीबाट विमुख हुने किसिमको रहेको उनको भनाइ छ ।

आप्रवासनसम्बन्धी युरोपेली प्रवृत्तिबारे बोल्दै उनले ईयूले थप आप्रवासी स्वीकार गर्दै उनीहरूलाई शिक्षा र तालिम दिनुपर्ने बताए । त्यसो गर्दा ती आप्रवासी बलियो भएर आफ्नो देश फर्कने र देश बनाउन लामाको भनाइ छ ।

अन्तरवार्ताका क्रममा उनले तिब्बत फर्किने आशा अझै नमरेको तर चीन सरकारको सोच साँघुरो भएको बताए । अन्तर्वार्ताका क्रममा उनले आफ्नो उत्तराधिकारी महिला बनेमा उनी ‘आकर्षक’ हुनुपर्ने विवादास्पद धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको