प्रधानमन्त्रीलाई मानव संसाधन प्रक्षेपण प्रतिवेदन बुझाइयो « Khabarhub

प्रधानमन्त्रीलाई मानव संसाधन प्रक्षेपण प्रतिवेदन बुझाइयो


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीलाई सोमबार साँझ बालुवाटरमा उक्त प्रतिवेदन बुझाएका हुन् ।

सरकारले गत असोज २८ गते डा रुद्र सुवालको अध्यक्षतामा सो कार्यदल गठन गरेको थियो । कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले यस प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने जनशक्ति र रोजगारीको सम्भावना बीचको तालमेल खोज्न सजिलो हुने बताए ।

“यसअघि मिहीन ढङ्गले यस प्रकारको अध्ययन भएको थिएन”, प्रधानमन्त्री ओलीले भने, “यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु ।”

उनले एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने अर्कोतिर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने समेत बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया