प्रधानमन्त्रीलाई मानव संसाधन प्रक्षेपण प्रतिवेदन बुझाइयो « Khabarhub

प्रधानमन्त्रीलाई मानव संसाधन प्रक्षेपण प्रतिवेदन बुझाइयो


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीलाई सोमबार साँझ बालुवाटरमा उक्त प्रतिवेदन बुझाएका हुन् ।

सरकारले गत असोज २८ गते डा रुद्र सुवालको अध्यक्षतामा सो कार्यदल गठन गरेको थियो । कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले यस प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने जनशक्ति र रोजगारीको सम्भावना बीचको तालमेल खोज्न सजिलो हुने बताए ।

“यसअघि मिहीन ढङ्गले यस प्रकारको अध्ययन भएको थिएन”, प्रधानमन्त्री ओलीले भने, “यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु ।”

उनले एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने अर्कोतिर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने समेत बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३८ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट