सामाजिक अभियन्तालाई पुरस्कार « Khabarhub

सामाजिक अभियन्तालाई पुरस्कार


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- छुवाछूतमुक्त तथा जातीय विभेदविरुद्धको अभियानमा लागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का टङ्कप्रसाद आचार्यलाई ‘शहीद मनोज जोशी स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

जिल्लामा कायम रहेको छुवाछूत तथा जातीय विभेद अन्त्य गर्ने अभियानमा लाग्नुभएका ७६ वर्षीय आचार्यलाई शहीद मनोज जोशीको २८औँ स्मृति दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा नगद पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

हिन्दु संस्कारमा हुर्किएका आचार्यले आफ्नो समाजमा कायम रहेको छुवाछूत तथा जातीय विभेद अन्त्य गर्न अभियान थालेकाले प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको आयोजक शहीद मनोज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । प्रदेशसभा सदस्य राजन राईले आचार्यलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरे ।

समाजमा महिला र पुरुषबाहेक अन्य जात नरहेको भन्दै छुवाछूत तथा जातीय विभेद गर्नु दण्डनीय हुने आचार्यले बताउँदै आएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ५१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार