आजदेखि स्तनपान सप्ताह शुरु, यसरी हुन्छ आमा र बच्चालाई फाइदा « Khabarhub

आजदेखि स्तनपान सप्ताह शुरु, यसरी हुन्छ आमा र बच्चालाई फाइदा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (बिहीबार) देखि स्तनपान सप्ताह शुरु भएको छ । यो वर्ष ‘प्रमोसन अफ दी ब्रेस्ट फिडिङ’नाराका साथ स्तनपान दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँदछन् । त्यस्तै बच्चालाई दूध चुसाउँदा आमाको अनुहार बिग्रन्छ भन्ने गलत मानसिकता रहेको पनि चिकित्सकहरुको बताइछ । बाल विशेषज्ञ डा. जुनसिंह डङ्गोलका अनुसार स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका बहुउपयोगी र अनिवार्य आवश्यकता हो ।

यस्ता छन् स्तनपान गराउनुका फाइदा

  • गर्भावस्थामा बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्छ ।
  • ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ ।
  • स्तन, गर्भाशय क्यान्सरको सम्भावना कम हुन्छ ।
  • बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ ।
  • स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ ।
  • आमाको दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षात्मक तत्त्व हुन्छ, जुन बच्चाको शारीरिक र मानसिक विकासका लागि अति अपरिहार्य छ ।
  • स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउँछ ।
  • आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला, निमोनिया जस्ता घातक सङ्क्रमणबाट बचाउँछ ।
  • स्तनपानले आमा र बच्चाको सौन्दर्य अझ सुन्दर हुन्छ ।
  • आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ ।

दूध खुवाउने तरिका

  • हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउनुपर्छ ।
  • प्रत्येक स्तनबाट १० देखि १५ मिनेट दूध खुवाउनुपर्छ ।
  • जति स्तनपान गरायो, त्यति नै धेरै स्तनबाट दूध उत्पादन गर्न प्रोत्साहित हुन्छ ।
  • स्तनपान समयमा गराए कुनै पनि बच्चा झगडालु र उद्दण्ड हुँदैन ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : ०१ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही