आमिरको बाधक बन्दै अक्षयकुमार ! « Khabarhub

आमिरको बाधक बन्दै अक्षयकुमार !


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड स्टार आमिर खान पछिल्लो समय खासै चल्न सकेका छैनन् । लामो अन्तरालमा दर्शकमाझ आउने आमिर त्यही चलचित्रबाटै वाहवाही कमाउथे ।

उनको चलचित्रलाई भारतीय दर्शक मात्र नभएर विश्वभरका दर्शकले साथ दिन्थे । तर पछिल्ला केही चलचित्र हेर्दा अब त्यो अवस्था रहेन ।

गत वर्षको प्रदर्शनमा आएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ पनि नचलेपछि उनी नयाँ प्रोजेक्टमा व्यस्त छन् ।

उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर देखिदैछिन् ।

यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ । तर, अब भने आमिरले क्रिसमसमा सोलो रिलिजको अवसर नपाउने भएका छन् । यो मितिमा नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘बच्चन पाण्डे’ रिलिज हुने भएको छ ।

यो चलचित्रको फस्टलुक सहित प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई फरहाद साम्जीले निर्देशन गर्दैछन् । ‘बच्चन पाण्डे’ एक्सन चलचित्र हो ।

क्रिसमसमा लक्की मानिदै आएका आमिरलाई यसपटक भने अक्षयले ठूलै चुनौती दिने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ८ : ४२ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा