पत्याउनुहुन्छ? एक बालकको मुखमा ५२६ दाँत ? « Khabarhub

पत्याउनुहुन्छ? एक बालकको मुखमा ५२६ दाँत ?


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

घटना पनि कस्ता कस्ता । पत्याउने मात्र होइन सम्भव नै छैन भनेर दाबी गरिएका घटनापनि एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। यस्तै भन्ने बित्तिक्कै जीब्रो नै टोकेर ‘ए होर !’ भन्ने खालको घटना छ भारत चेन्नईको । जहाँ एक सात वर्षका बालकको मुखबाट ५२६ दाँत निकालिएको छ ।

यो चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले गरेको दाबी हो । उनीहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।

भारतीय अनलान द हिन्दूले अस्वाभाविक विकास र मोबाइल टावरको रेडियसनका कारण यस्तो समस्या आउने लेखेको छ । दाँत दुखेर डेन्टल पुगेका
रविन्द्रन नाम गरेका ७ वर्षका बच्चाको दायाँ गाला सुनिएको र दुखेको थियो । डाक्टरले जाँच गर्दा दाँतको संख्या धेरै भएको पाइएको थियो।

सविता डेन्टल कलेजको सर्जन डा. पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा पूरा विकास नभएका धेरै दाँत देखिएका थिए । तिनीहरुको अपरेशन गरेर बाहिर निकालिएको हो। बच्चालाई बेहोस पारेर उसको तल्लो बंगाराको भाग निकालियो । जसको तौल २ सय ग्राम थियो । त्योभित्र ठूला, मध्यम र साना आकारका ५२६ वटा दाँत थिए ।

डाक्टर सेन्थिलनाथनले ‘हामीले स्वस्थ दाँतलाई रहन दियौं । अस्वाभाविक रुपमा रहेका दाँतहरुलाई सावधानीपूर्वक निकाल्यौं । सबै दाँतहरु निकाल्न पाँच घण्टा लामो अपरेसन गर्नु परेको थियो,’ भनेका छन् । अहिले बच्चाको अवस्था स्वस्थ छ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : २७ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय