१ किलो सुनसहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ « Khabarhub

१ किलो सुनसहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ किलो सुनसहित १ जना व्यक्ति पक्राउ परेका छन् ।

बा ९९ प २७२६ पल्सर मोटरसाइकलमा सवार एक युवाको साथबाट १ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त थानकोट र प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ घर भएका ३२ वर्षी पेम्वा दिण्डुप तामाङलाई पक्राउ गरेको हो ।

उनले १ किलो सुनको विस्कुटलाई ४ टुक्रामा पारेर कालो टेपले बेरी कम्मरमा बाँधेर ल्याएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ११ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको