१ किलो सुनसहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ « Khabarhub

१ किलो सुनसहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ किलो सुनसहित १ जना व्यक्ति पक्राउ परेका छन् ।

बा ९९ प २७२६ पल्सर मोटरसाइकलमा सवार एक युवाको साथबाट १ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त थानकोट र प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ घर भएका ३२ वर्षी पेम्वा दिण्डुप तामाङलाई पक्राउ गरेको हो ।

उनले १ किलो सुनको विस्कुटलाई ४ टुक्रामा पारेर कालो टेपले बेरी कम्मरमा बाँधेर ल्याएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ११ : ०१ बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र