४५ प्रतिशत शिशुले जन्मेको एक घण्टामा आमाको दूध पाउँदैनन् « Khabarhub

४५ प्रतिशत शिशुले जन्मेको एक घण्टामा आमाको दूध पाउँदैनन्


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवजात शिशुलाई जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराइसक्नुपर्ने चिकित्सकहरु बताउँछन्  । तर नेपालमा जन्मेको  शिशुले एक घण्टामा आमाको दुध पिउन पाउने बालबालिका ५५ प्रतिशत मात्रै रहेका छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणकका अनुसार नेपालमा जन्मिएका ४५ प्रतिशत शिशू जन्मेको एकघण्टाभित्र आमाको दूध सेवन गर्नबाट वञ्चित हुने गरेका छन् । नेपालका १० बालबालिका मध्ये ३ जनालाई आमाको दूधबाहेका अन्य खानेकुरा पनि खुवाइने गरिएको छ । नवजात शिशुलाई ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्मका बालबालिकालाई पूर्ण रुपमा स्तनपान गराउनुपर्छ । नेपालमा ६ महिना भन्दा मुनिका दुईतिहाइ बालबालिकालाई पूर्ण रुपमा स्तनपान गराउने गरिएको छ ।

नेपाल जनसांख्यिक तथा स्वस्थ्य सर्वेक्षणका अनुसार नेपालमा ९९ प्रतिशत बालबालिकाहरुलाई कुनै न कुनै समयमा स्तनपान गराइएको थियो ।

बालबालिकालाई कुपोषणको जोखिमबाट बचाउँन ६ महिना पुरा भएपछि आमाको दुधसँगै अन्य खानेकुरा पनि खुवाउनुपर्छ । नेपालमा ६ देखि ८ महिनाका बालबालिकाहरुमा ८३ प्रतिशत बालबालिकालाई स्तनपानको साथै अन्य आहार पनि खुवाउने गरेको सरकरी तथ्यांक रहेको छ ।

बालबालिकालाई आमाको दुधसँगै शारीरिक तथा मानसिक विकासको लागि आयोडिनको आवश्यकता पर्छ । नेपालमा ९५ प्रतिशत घरपरिवारले आयोडिन नुनको प्रयोग गर्ने गर्छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार