४५ प्रतिशत शिशुले जन्मेको एक घण्टामा आमाको दूध पाउँदैनन् | Khabarhub Khabarhub

४५ प्रतिशत शिशुले जन्मेको एक घण्टामा आमाको दूध पाउँदैनन्


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवजात शिशुलाई जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराइसक्नुपर्ने चिकित्सकहरु बताउँछन्  । तर नेपालमा जन्मेको  शिशुले एक घण्टामा आमाको दुध पिउन पाउने बालबालिका ५५ प्रतिशत मात्रै रहेका छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणकका अनुसार नेपालमा जन्मिएका ४५ प्रतिशत शिशू जन्मेको एकघण्टाभित्र आमाको दूध सेवन गर्नबाट वञ्चित हुने गरेका छन् । नेपालका १० बालबालिका मध्ये ३ जनालाई आमाको दूधबाहेका अन्य खानेकुरा पनि खुवाइने गरिएको छ । नवजात शिशुलाई ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्मका बालबालिकालाई पूर्ण रुपमा स्तनपान गराउनुपर्छ । नेपालमा ६ महिना भन्दा मुनिका दुईतिहाइ बालबालिकालाई पूर्ण रुपमा स्तनपान गराउने गरिएको छ ।

नेपाल जनसांख्यिक तथा स्वस्थ्य सर्वेक्षणका अनुसार नेपालमा ९९ प्रतिशत बालबालिकाहरुलाई कुनै न कुनै समयमा स्तनपान गराइएको थियो ।

बालबालिकालाई कुपोषणको जोखिमबाट बचाउँन ६ महिना पुरा भएपछि आमाको दुधसँगै अन्य खानेकुरा पनि खुवाउनुपर्छ । नेपालमा ६ देखि ८ महिनाका बालबालिकाहरुमा ८३ प्रतिशत बालबालिकालाई स्तनपानको साथै अन्य आहार पनि खुवाउने गरेको सरकरी तथ्यांक रहेको छ ।

बालबालिकालाई आमाको दुधसँगै शारीरिक तथा मानसिक विकासको लागि आयोडिनको आवश्यकता पर्छ । नेपालमा ९५ प्रतिशत घरपरिवारले आयोडिन नुनको प्रयोग गर्ने गर्छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ३६ बजे

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका