चन्द समूहको पोलिटब्युरो र स्थायी कमिटी भंग, सुराकी गरेको भन्दै केहीलाई हटाइयो « Khabarhub

चन्द समूहको पोलिटब्युरो र स्थायी कमिटी भंग, सुराकी गरेको भन्दै केहीलाई हटाइयो


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले स्थायी कमिटी र पोलिटब्यूरो भंग गरेको छ ।

पार्टीमा शुद्धीकरण अभियान चलाउने भन्दै केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गर्ने निर्णय गरेको हो ।

यससँगै अब सबै कमाण्ड महासचिब नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ ।

चन्द समूहका एक नेताका अनुसार पार्टी कार्यकर्ताको सुराकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै केहीलाई जिम्मेवारीबाट हटाइएको र केहीलाई बर्खास्त गरिएको छ ।

त्यस्तै नेकपाले १७ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ४८ बजे

टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं- सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौं– नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को

निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो : सभापति लामिछाने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत