दर्शकले हरर फिल्म मन नपराएका कि राम्रा नबनेका ? « Khabarhub

दर्शकले हरर फिल्म मन नपराएका कि राम्रा नबनेका ?


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपाली फिल्म उद्योगमा एकाध हरर फिल्म पनि निर्माण भइरहेका छन् । फिल्म लगानीकर्ताहरु यस्ता फिल्म कम लगानीमा नै निर्माण गर्न सकिने भएकाले हरर फिल्म निर्माणमा जुटेका छन् ।

हालै रिलिज भएको फिल्म ‘घर’ पनि यस्तै कम लगानीमा निर्माण भएको थियो । उक्त फिल्म एक घरभित्र हुने घटनामा आधारित भएकाले पनि लगानी एकदमै कम थियो । र, फिल्मका कलाकार पनि सीमित थिए । तर, फिल्म चलेन । दर्शकलाई फिल्मको मेकिङ नै विश्वसनीय लागेन ।

नेपाली फिल्म उद्योगमा हरर जानराको फिल्म बनाउने प्रयास खासै सफल देखिएको छैन । त्यसो त अन्य जानराका तुलनामा विदेशी हरर फिल्म खासै चलेको पाइँदैन । नेपाली फिल्मको बजार खासगरी कमेडी फिल्मले ओगटेको छ । तथापि विदेशी हरर फिल्म नेपालमा चल्दै नचल्ने भने होइनन् ।

जबकि, हरर जानराका फिल्म चलिरहेका छैनन् भने किन निर्माण भइरहेका छन् त? यसको कारण हो, प्रयोग ।

एक निर्माता भन्छन्, ‘लूट फिल्म पनि रिलिजअघि चल्ने खासै सुर थिएन, एकाएक चल्यो, त्यो नयाँ प्रयोग थियो, यसरी नै हरर फिल्म चल्छन् कि भन्ने लागेको हुनसक्छ ।’

यही प्रयोग प्रयोगका रुपमा देखिए पनि फिल्मले भने चर्चा बटुल्न समेत सकेका छैनन् । यसलाई धेरैले नेपाली हरर फिल्म नै स्तरीय बन्न नसकेको बताएका छन् । फिल्मकर्मीहरु भन्छन्, ‘बजेट जोगाउने निहुँमा जस्तो पायो त्यस्तै फिल्म बनाएर प्रयोग गरिरहेका छन्, यो प्रयोगले फिल्मकर्मीलाई डुबाउने मात्र हो ।’

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : ४२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको